arrow

नयाँ 'हाइपरसोनिक मिसाइल' प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
hypersonic messile.jpg

काठमाडौं । उत्तर कोरियाले मङ्गलवार  परीक्षण गरेको भनिएको मिसाइल हाइपरसोनिक मिसाइल भएको बताएको छ । ह्वासाङ८ (Hwasong-8) नाम दिइएको यो मिसाइल उत्तर कोरियाले अघि सरोको 'पाँच वर्षीय सैन्य विकास योजना' मध्ये एक भएको बताएको हो ।

उत्तर कोरियाको केन्द्रीय सञ्चारमाध्यम केसीएनएले यो एक रणनीतिक हतियार भएको बताएको छ । जसको अर्थ यो परमाणु क्षमताको हतियार हो ।

यो हतियार प्रणालीको विकासले राष्ट्रको सुरक्षा क्षमतालाई बढाएको केसीएनएले उल्लेख गरेको छ ।

एक महिनाको अवधिमा उत्तर कोरियाले यो तेस्रो मिसाइल परीक्षण गरेको हो । यसअघि दुई ओटा नयाँ शक्तिशाली मिसाइल उत्तर कोरियाले परीक्षण गरिसकेको छ ।

हाइपरसोनिक मिसाइलहरू सामान्य मिसाइल भन्दा तीव्र गतिका र चुस्त हुन्छन् । हाइपरसोनिक मिसाइललाई रोक्न प्रतिरक्षा प्रणाली अथवा डिफेन्स सिस्टमलाई कठिनाइ हुन्छ ।

उत्तर कोरियाले यो मिसाइलको परीक्षणमा 'नेविगेशन नियन्त्रण र मिसाइलको स्थिरता' पुष्टि भएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ