arrow

'दुई शीर्ष सैन्य अधिकारीहरूले अफगानिस्तानमा २,५०० सेना राख्न बाइडेनलाई सल्लाह दिएका थिए'

सेनापति मिल्लीले भने, 'अफगानिस्तान रणनीतिक असफलता'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
milley loyd austin gen mark.jpg

काठमाडौँ । दुई अमेरिकी शीर्ष सैन्य अधिकारीले अगस्तमा अफगानिस्तानमा कम्तीमा २,५०० सेना राख्न सुझाव दिएको बताएका छन् । अमेरिकी संसद्मा सेना प्रमुख मार्क मिल्ली र जनरल फ्रैंक म्याकेन्जीको यो भनाइपछि राष्ट्रपति बाइडेनकाे विराेध भएकाे छ ।

यसअघि बाइडेनले 'कसैले यस्तो कुनै सल्लाह-सुझाव दिएकाे थाहा नभएको' भनेका थिए । अमेरिकाले आफ्नो सबै सेना फिर्ता लगेपछि अगस्तमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो ।

त्यसकाे लामाेसमयपछि मंगलबार अमेरिकी सिनेटको सशस्त्र सेवा समितिले रक्षा सचिव लोयड अस्टिनसहित दुई जनरललाई सोधपुछ गरेकाे थियाे।

साे क्रममा अमेरिकी केन्द्रीय कमान्डका प्रमुख जनरल म्याकेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नमा अफगानिस्तानमा २,५०० सैनिकको सानो सेना राख्न सुझाव दिएको बताएका छन् 

यद्यपि, अगस्त १९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले एबीसीका पत्रकारसँग बोल्दै आफूलाई कसैले यस्तो सल्लाह दिएको याद नभएको बताएका थिए ।

सेना प्रमुख मिल्लीले पनि यो सुझावमा सहमत भएको बताएका छन् । त्यसपछि रिपब्लिकन सिनेटर दान सुलिवानले 'त्यसो भए राष्ट्रपतिको वक्तव्य झुटो हो ?' भन्दै प्रश्न गर्दा उनले जवाफ दिन अस्वीकार गरेका थिए ।

पछि ह्वाइट हाउसकी प्रवक्त जेन पास्कीले 'राष्ट्रपतिले सेना प्रमुखहरुको सल्लाहको कदर गर्छन् तर, यसको मतलब सबै सुझाव मान्नै पर्छ भन्ने हैन,' भन्दै जवाफ दिएकी थिइन् ।

'अगस्त ३१ पछि अफगानिस्तानमा अमेरिकी सेना रहेको भए, अहिले तालिबानसँग युद्ध भइरहेको हुने' उनको भनाइ छ।

यसअघि डोनाल्ड ट्रम्प प्रशासनमा समेत २,५०० सेना अफगानिस्तानमा राख्न छलफल भएको र त्यसमा ट्रम्प सहमत भएको सेना प्रमुख मिल्लीले बताएका छन् । सेना प्रमुख मिल्लीले अफगानिस्तान एक 'रणनीतिक असफलता' भएको बताएका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ