- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
अरु क्षेत्रमा जस्तै निश्चित समय पछि रिटारमेनल राजनीतिमा हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरुको कार्यशैलीले जनतामा निराश छाएको बताए । बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरुले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको प्रति कडा आपत्ति व्यक्त गर्दै अब पार्टी सभापति बरिष्ठ नेतालगायतलाई रिटायरमेन लिनुपर्ने र अर्को पुस्ता नेतृत्व लिन तयार भएर बसेको बताए ।
‘नेपाली कांग्रेस सँधै जनताका लागि काम गर्दै आईरहेको छ । तर बर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ,’ नेता सिंहले भने ‘पार्टी प्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
उनले अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । उनले बर्तमान नेतृत्वलाई जनताले विश्वास गर्न छाडेको दाबी गरे । उनले आगामी महाधिवेशन कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गरे ।
साथै नेता सिंहले पार्टी नेतृत्वले आगामी महाधिबेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै आफुहरुले त्यसो हुन नदिने बताए । पदमा जानको लागि तिव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पारेको उनले बताए । लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।