arrow

माओवादी केन्द्र व्यवस्थित बनाउने सुझाव र योजना स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
maoist-cpn.jpg

काठमाडौं। नेकपा (माओवादी) केन्द्रले पार्टी सङ्गठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ । बैठकमा पेस भएका योजनाहरू र सुझाव स्थायी कमिटी बैठकले स्वीकार गरेको छ। 

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको सङ्गठनलाई व्यवस्थित बनाउने सन्दर्भमा सङ्गठन विभागले सुझाव र योजनाहरू पेस गरेको र ती योजनाहरूलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताए । 

त्यस्तै बैठकमा विगतमा विभिन्न समयमा भएको पार्टी एकीकरणमा आएका नेता, कार्यकर्ताहरू सङ्गठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न बनाएको कार्यदलले प्रतिवेदन पेस गरेको पनि उनले जानकारी दिए । कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार साङ्गठनिक प्रक्रियामा लैजानका लागि अगाडी बढ्ने उनले बताए। त्यस्तै बैठकमा पार्टी स्कुल विभागले पनि पार्टी स्कुल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रूपमा टुङ्गो लगाउने कुरा भएको पनि उनको भनाई छ ।

स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानुनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानुनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरूको टुङ्गो लगाइने बताए । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रूपमा नरहेको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ