arrow

एघारौँ चीन–युरोप उच्चस्तरीय रणनीतिक वार्ता सुरु

logo
सिन्ह्वा
प्रकाशित २०७८ असोज १३ बुधबार
europe-china.jpg

बेइजिङ। आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता सुरु भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्त रूपमा अध्यक्षतामा गरेको एघारौँ चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता चीन र युरोपेली सङ्घबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गरेको बताइएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोप बीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बताए। वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उनको छ।

वाङले संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सिले प्रस्तुत गरेको विश्वको विकास प्रस्तावमा युरोपको सहभागिताको लागि स्वागत पनि गरेका छन्।

युरोपेली सङ्घका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भावी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासको लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गरेको बताइएको छ। चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उनले व्यक्त गरेका छन्।

यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा वैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ