- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अफगानिस्तानमा तालिबानले महिलाहरूको सार्वजनिक अधिकार लगभग समाप्त गरेपछि अब पुरुषहरूको अधिकारहरूमाथि कैँची चलाउनु सुरु गरेको छ। तालिबानले एक नयाँ फरमान जारी गर्दै हेलमन्द प्रान्तमा हजामहरूले कपाल काट्न र दाह्री बनाउनमा रोक लगाएको छ।
यहाँसम्म कि सैलुनमा सङ्गीत सुन्नमा पनि रोक लगाइएको छ। यस तालिबानी फरमानको जसले पनि बेवास्ता गर्नेछ, उसलाई कडा सजाय दिइने छ। यसलाई लिएर तालिबानले एक सार्वजनिक पत्र पनि जारी गरेको छ।
मिनिस्ट्री अफ इस्लामिक ओरिएन्टेशनका अधिकारीहरूले यस सम्बन्धमा प्रान्तीय राजधानी लस्कर गाहमा हेयरड्रेसिङ सैलुनहरूका प्रतिनिधिहरूसँग बैठक बसेको थियो, जसमा हेयर स्टाइलिङ र दारी बनाउनलाई लिएर चेतावनी दिइएको थियो। तालिबान शासनमा तीव्र गतिमा मानवअधिकार उल्लङ्घनका घटनाहरू बढिरहेका छन्।