arrow

को हुन् जापानी नयाँ प्रधानमन्त्री किसिडा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
fumio kisida.jpg

काठमाडौँ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वको चुनावमा जित हातपारेसँगै ६४ वर्षीय फुमियो किसिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सम्भवत: ४ अक्टाेबरमा उनले कार्यालय सम्हाल्ने छन् ।

किसिडा लगभग एक वर्षको अवधिमा जापानको तेस्रो प्रधानमन्त्री बन्ने भएका हुन् । अहिलेका प्रधानमन्त्री योशिहिडे सुगाले एक वर्ष पुग्ने बित्तिकै प्रधानमन्त्री पद छोड्ने बताएका थिए ।

साेही अनुसार एलडीपीकाे पार्टीकाे लिडरकाे चुनाव भएकाे थियाे । सुगा भन्दा अघिका प्रधानमन्त्री सिन्जो आबेले गत सेप्टेम्बरमा स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएका थिए ।

यसअघि विदेश मन्त्री रहेका किसिडाले खोप मन्त्री टारो कोनोलाई थोरै मतान्तरले पराजित गरेका हुन् । लामो समयदेखि प्रधानमन्त्री बन्ने प्रयासमा रहेका किसिडाले गत वर्षको चुनावमा सुगासँग पराजित भएका थिए ।

६४ वर्षीय किसिडाका बुबा र हजुरबुबा दुवै सांसद थिए । किसिडाले सानोमा तीन वर्ष न्यु र्योकमा बिताएका थिए । सन् १९९३ मा सांसद बन्नुअघि उनले केही समय बैङ्किङ क्षेत्रमा बिताएका थिए ।

युद्धपछि सबैभन्दा लामो समय विदेश मन्त्री बनेका किसिडाले सन् २०१६ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको हिरोसिमा भ्रमणमा व्यवस्थापन गरेका थिए ।

कानो विदेश मन्त्री बनेपछि किसिडा केही समय रक्षा मन्त्री बनेका थिए । पछि उनी एलडीपीको नीति प्रमुख रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ