arrow

मुख्यमन्त्रीबाट हटाइएपछि गान्धी जयन्तीमै नयाँ संगठन खोल्ने सिंहको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
amarindar-singh-punjab-xcm.jpg

काठमाडौं । भारतको पंजाबमा जारी कांग्रेस आईको राजनीतिक लफडाले पार्टीलाई ठूलो नोक्सानी हुन सक्ने देखिएको छ । मुख्यमन्त्री अमरिन्दर सिंहलाई मुख्यमन्त्रीबाट हट्न वाध्य पारिएपछि उनले पार्टी छाड्ने लगभग निश्चित जस्तै भएको छ । 

अमरिन्दरले अक्टोबर २ का दिन गान्धी जयन्ती (महात्मा गान्धी) को दिन नै नयाँ संगठन खोल्न सक्ने आँकलन गरिएको छ । उनले गैर राजनीतिक संगठन बनाएर पंजाबको हुकुमी शासनमाथि नयाँ चुनौती दिन सक्ने पनि अनुमान गरिएको छ । 

यो संगठनले एक वर्षदेखि दिल्ली सीमानामा चलिरहेको किसानको आन्दोलन समाप्त पार्ने पनि दाबी गर्न थालिएको छ । त्योसँगै पंजाबमा नयाँ पार्टीको समेत घोषणा गरिने दाबी गरिन्छ । 

योसँगै किसानलाई साथमा लिएर अमरिन्दरले केन्द्रलाई पनि चुनौती दिएर आफ्नो माइलेज बढाउने रणनीतिमा रहने दाबी गर्न थालिएको छ । 

पंजाबमा अर्को वर्ष चुनाव हुँदैछ र क्याप्टेन २०२२ मा जोडदार तरिकाले फर्किने उद्धेश्यका साथ हिँडिरहेका छन् । मुख्यमन्त्रीको पदबाट हटाइएपछि क्याप्टेन अमरिन्दरले आफू फौजी भएकाले अपमानित भएर मैदान नछाड्ने उद्घोष गरेका थिए । 

बुधबार उनले केन्द्रीय गृहमन्त्री अमित शाहसँग छलफल गरेका थिए । यसबाट कतै अमरिन्दर भारतीय जनता पार्टीमा जाने हुन् कि भन्ने चर्चा पनि चलेको छ । 

तर उनी सीधै भाजपामा भने सामेल हुने सम्भावना कम रहेको बताइन्छ । क्याप्टेन वा भाजपा दुवैले यो नचाहेको बुझिन्छ ।

तर उनले औपचारिक रुपमै कांग्रेस छाड्ने तयारी गरेको बुझिएको छ । 

नवोजित सिंह सिद्धुसँग टक्कर परेपछि क्याप्टेनले मुख्यमन्त्री पद गुमाउन पुगेका हुन् । तर अहिले भने सिद्धुले समेत कांग्रेस प्रमुखको पदबाट राजीनामा दिएका छन् । 

यसले भने पंजाबमा कांग्रेस नराम्रोसँग विवादमा फसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ