arrow

इतिहासकै खराब नरसंहार, इक्वेडरको जेलमा ११८ जना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
ecudor riot.jpg

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक इक्वेडरको जेलमा मङ्गलवार भएको नरसंहारमा ११८ जना मारिएका छन् भने, करिब ८० जना घाइते भएको त्यहाँका राष्ट्रपति गुइलेर्मो लासोले बुधवार बताएका छन् ।

इक्वेडरको ग्वायाकिल सहरमा रहेको जेलमा ग्यांगहरुबिच भएको झडपमा कैदीहरू मरेका हुन् । राष्ट्रपति लासोले अझैँ पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएको टिप्पणी गरेका छन् ।

यो इक्वेडरको जेल इतिहासमै सबैभन्दा खराब नरसंहार भएको बताइएको छ । जसमध्ये कम्तीमा पाँच मृतकहरूको टाउको काटिएको पाइएको छ।

राष्ट्रपति लासोले घटना दुख व्यक्त गरेका छन् । उनले स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिएर थप यस्ता घटना हुन नदिने बताएका छन् ।

यसै वर्षको फेब्रुअरीमा समेत इक्वेडरको जेलमा भएको दङ्गामा ७९ कैदी मारिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ