arrow

पाकिस्तान समर्थित जिहादी अफगानिस्तानबाट काश्मीर प्रवेश

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज १४ बिहिबार
efsas-foundation.jpg

जेनेभा। अफगानिस्तानमा तालिबानको कब्जापछि पाकिस्तान समर्थित र तालिम प्राप्त जिहादी आतंकवादीहरु कश्मीर प्रवेश गरेको बताइएको छ। जेनेभामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८औं नियमित सत्रको एक भर्चुअल कार्यक्रममा युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिजका निर्देशक जुनैद कुरैशीले यसरी जिहादी काश्मीर प्रवेश पछि कश्मीरमा पनि अफगानिस्तानको जस्तो गम्भीर स्थिति हुन सक्ने उल्लेख गर्दै जम्मूमा पर्ने असरहरुको ध्यानाकर्षण गराएका हुन्।

सन् १९८९ मा सोभियत संघले काबुल छोडेपछि धेरै इस्लामी लडाकुहरु भाग्नुपर्ने अवस्था बन्यो। जसमा धेरै लडाकूहरु काश्मीर पलायन भएका थिए। त्यसको ३२ वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेर तालिबानले कब्जा जमाएपछि अफगानिस्तानबाट ती जिहादीहरु फेरी काश्मीर प्रवेश गर्न लागेका हुन्।

जुनैदले भने, सन् १९९० को दशकको डरलाग्दो वर्षमा पाकिस्तानको शक्तिशाली गुप्तचर एजेन्सी आईएसआईद्वारा प्रशिक्षित, सशस्त्र र संरक्षित यी जिहादीहरुलाई कश्मीर फर्काइयो, अब हामीलाई भोग्नुपर्ने अवस्था हाम्रै अगाडि देखिएको छ।

पाकिस्तानले ऐतिहासिक रूपमा यस क्षेत्रमा खेलेको विनाशकारी भूमिकालाई ध्यानमा राख्दै, जम्मू र कश्मीरका जनता त्रसित बनेका छन्। फेरि काश्मीरमा आतंकवाद फैलाउने रणनीति पाकिस्तानले लिएको पाइएको र आतंकवादीहरुलाई कश्मीरमा धकेल्ने नीतिलाई पुनः सुरु भएको बताइएको छ।

अफगानिस्तानले पाकिस्तानलाई नै अस्थिर बनाउन अभियान चलाएको थियो। अफगानिस्तान अस्थिर बन्यो। जुनैदले कश्मीरीहरु अफगानहरुको साथमा रहेको तर तालिबान र आतंकवादको विरुद्धमा भएको बताएका छन्। 

उनले काउन्सिललाई हस्तक्षेप गर्न र पाकिस्तानको इस्लामिक गणतन्त्र अफगान र कश्मीरीहरुलाई आतंक र जिहादको व्यापारबाट रोक्न आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ