arrow

जापानकी राजकुमारीको विवाहमा राजपरिवारका अधिकांश सदस्य दुःखी,  कोसँग हुन लाग्यो विवाह ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
japani-pricences.jpg

टोकियो । जापानका सम्राट् नारुहितोकी भतिजी माकोले विवाह गर्ने भएकी छन् । राजकुमारी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन् ।  राजकुमारी माकोले अक्टोबर महिनामा बिहे गर्नेछिन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेको भनी कतिपयले आलोचना पनि गरेका छन् । 

केइ कोमुरोसँग झन्डै एक वर्ष अगाडि राजकुमारीले बिहे गर्ने घोषणा गरेकी थिइन् । तर विवाद र चर्चा समेत भएपछि सरेको थियो । सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने भएकी छन् ।


राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने पाउने छैनन् । राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ । 

 “राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य संस्कृति कथा परम्परागत कुनै पनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ । 

 उनीहरू बिहेपछि अमेरिका बस्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ