arrow

एमाले विधान महाधिवेशन छलफलका लागि १० समूह

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज १५ शुक्रबार
uml-lalitpur-oli-conventation-2078-1.jpg
तस्बिर : रासस

काठमाडौँ। नेकपा (एमाले)को शुक्रवारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि समूहगत छलफल गर्न सहजीकरण टोली बनाइएको छ। केन्द्रीय कमिटीमा समस्या आएपछि शुक्रवार साँझ सो टोली बनाइएको हो।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेले पेस गरेको साङ्गठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको हो। समूहगत छलफलको सहजीकरण गर्ने जिम्मा २० नेताले पाएका छन्। समूहगत टोलीमा १० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरू, पूर्व माओवादी नेताहरूले पनि जिम्मेवारी पाएका छन्।  

प्रदेश १ (समूह क):- सहजिकरणः सुवास नेम्वाङ र भीम आचार्य, अध्यक्षता: देवराज घिमिरे

प्रदेश २ (समूह ख) :- सहजिकरणः सत्यनारायण मण्डल र रघुवीर महासेट, अध्यक्षता: ज्वाला साह

बागमती प्रदेश (समूह ग) :- सहजिकरणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, अध्यक्षता: आनन्द पोखरेल

गण्डकी प्रदेश (समूह घ) :- सहजिकरणः पृथ्वी सुब्बा र किरण गुरुङ, अध्यक्षता: जगत् विश्वकर्मा

लुम्बिनी (समूह ङ):- सहजिकरणः विष्णु पौडेल र शङ्कर पोखरेल, अध्यक्षता: लीला गिरी

कर्णाली प्रदेश (समूह च):- सहजिकरणः युवराज ज्ञवाली र यमलाल कँडेल, अध्यक्षता: गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ):- सहजिकरणः भीम रावल र लेखराज भट्ट, अध्यक्षता: कर्ण थापा

उपत्यका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज):- सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराई, अध्यक्षता: सुजिता शाक्य

जनसङ्गठन (समूह झ) :- सहजिकरणः गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, अध्यक्षता: सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ) :- सहजिकरणः अमृत बोहरा र पुष्प कँडेल, अध्यक्षता: भानुभक्त ढकाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ