arrow

तालीवान्द्वारा बेलायतमा अध्ययन गरिरहेका परिवारका सदस्यलाई हानी पुर्‍याउने धम्की

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज १६ शनिबार
univesity-of-sussex.jpg
तस्बिर : ब्राइटनस्थित ससेक्स विश्वविद्यालय

काबुल। बेलायतमा अध्ययन गरिरहेको अफगानिस्तानका विद्धानहरूलाई तालिबान अधिकारीहरूले धम्की दिने गरेको पाइएको छ। तालिबानीहरूले अफगानिस्तानमा रहेका उनीहरूका परिवारलाई हानी पुर्‍याउने गरी धम्कीपूर्ण सन्देश दिने गरेको सांसद क्यारोलिन लुकासले बताएका छन्। 

अफगानिस्तानबाट पठाइएका ३५ विद्वानहरूमध्ये पाँच जनाका परिवारलाई भने अफगानिस्तान ल्याउन दिइएको थिएन। ब्राइटनस्थित ससेक्स विश्वविद्यालयमा अध्ययन गर्नको लागि उनीहरूलाई बेलायत ल्याइएको थियो। विदेश कार्यालयको नियमले मात्र तत्काल परिवारका सदस्यहरूलाई ल्याउन नसकिने भएकोले उनीहरू अफगानिस्तानमा नै रहेको र उनीहरूका परिवारका सदस्यहरूलाई तालिबानले हानी पुर्‍याउने चेतावनी दिएको पाइएको छ। 

ब्राइटन प्याभिलियनका सांसद लुकासले उनीहरूका परिवारहरू आश्रित आमाबुबा वा आश्रित भाइबहिनीहरू अफगानिस्तानमा छन्। उनीहरूले नै परिवारको पालनपोषण गर्ने भएकोले विशेष ध्यान दिनुपर्ने बताइएको छ। 

लुकासले पाँच जना उनीहरूको परिवारको सुरक्षाको बारेमा हताश बनेका बताएका थिए। उनीहरूको चिन्ता बढेको र उनीहरूका परिवारहरू उनीहरूको प्लेसमेन्ट लिने निर्णयको कारणले जोखिममा रहेका छन्। उनीहरूको नाम सुरक्षाको लागी गोप्य राखिएको छ।

लुकासले दुई जना विद्वानका बुबालाई तालिबानले दुई वर्ष पहिले हत्या गरेका थिए, र उनीहरू तालिबानबाट व्हाट्सएप सन्देश प्राप्त गरिरहेका छन्। परिवारका अन्य सदस्यहरूलाई पनि हानी पुग्न सक्ने लेखिएका सन्देशहरू आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ