- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा आज शनिबारदेखि विभिन्न १० समूहमा समूहगत छलफल शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा प्रतिनिधिहरुले शनिबारबाट समूहगत छलफल शुरु गरेका हुन् ।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छुट्टाछुट्टै स्थानमा बसेर छलफल शुरु गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सक्ने तयारी छ । १० वटा समूहको समूहगत छलफलको सहजीकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । समूहगत छलफल सकिएपछि समूह नेताले शनिबार अपरान्हतिर प्रतिवेदनमाथि सुझाव पेश गर्ने कार्यक्रम छ।