arrow

एमालेको जारी विधान महाधिवेशन ‘निभ्ने बेलाको बत्ती’ : डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
baburam.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेको जारी विधान महाधिवेशनलाई ‘निभ्ने बेलाको बत्ती’को सज्ञा दिएका छन् ।

आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमार्फत केपी ओलीलाई पुनः अध्यक्ष बनाउने, उनकै नेतृत्वमा पार्टीको शक्ति विस्तार गर्ने र आगामी निर्वाचनमार्फत ओलीलाई नै सत्ताको नेतृत्वमा पठाउने एमालेको मार्गचित्रलाई लक्षित गर्दै डा.भट्टराई उक्त सज्ञा दिएका हुन् ।

डा. भट्टराईले लेखेका छन्,‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो।चेतना भया !’

पार्टी विभाजनको झन्डै डेढ महिनापछि एमालेले देशभरका ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता भेला गरेर विधान महाधिवेशनमार्फत पार्टीको आगामी मार्गचित्र तयार पार्दैछ । शनिबार समूहगत छलफल जारी छ । विधानमा पार्टी अध्यक्षको नेतृत्वमा शक्तिशाली केन्द्रीय सचिवालय बनाउने प्रस्ताव छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको  सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छुट्टाछुट्टै स्थानमा बसेर छलफल शुरु गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ