arrow

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
Qatar.original.3454.jpg_1618214019.jpeg

दोहा। कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसद्का कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरू १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । 

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । 

आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ । 

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्  ।   

मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरू पनि पर्याप्त मात्रामा खटिएका छन् । 

संसद् सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरू मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ