arrow

एमालेको विधान महाधिवेशन: ७० बर्षे उमेरहद र पदाधिकारी संख्या बढाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
nekapa-emale.jpg

काठमाडौं । एमालेको जारी विधान महाधिवेशनमा ७० बर्षे उमेर हद व्यवहारिक नभएको आवाज उठेको छ । प्रदेश नम्बर १ र कर्णालीबाट ७० बर्षे उमेद हद व्यवहारिक नभएको भन्दै त्यसलाई बढाउनु पर्ने प्रस्ताव अघि बढाइएको छ ।

यसअघि एमाले केन्द्रीय कमिटी बैठकमा बहुमत केन्द्रीय सदस्यहरुले ७० वर्षे उमेरहदलाई कायम राख्नुपर्ने सुझाव दिएका थिए । पार्टीको नेतृत्व दोस्रो पुस्तामा आउने भन्दै अधिकांश केन्द्रीय सदस्यहरुले ७० वर्षे प्रावधानलाई कायमै राख्नुपर्ने अडान राखेका थिए । एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जार महाधिवेशनका क्रममा जारी समूहगत छलफलबाट पदाधिकारीको संख्या बढाउन माग उठेको छ । वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष राख्नुपर्ने, सचिवको संख्या बढाएर सात बनाउनुपर्ने, उपमहासचिव कायमै राख्नुपर्ने लगायतका सुझाव आएका छन् । दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिव तथा दुई सय १२ जना केन्द्रीय सदस्यसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्न प्रस्ताव गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ