arrow

एमालेको तीन दिने विधान महाधिवेशन सकिँदै, यस्तो छ अन्तिम दिनको कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
ncp-uml-bidhan-mahadhibesha.jpg

काठमाडौं । नेकपा एमालेको ललितपुरमा शुक्रबारदेखि जारी विधान महाधिवेशन आइतबार सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

जसमध्ये पाँच वटा समूहले शनिबारै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । अन्तिम दिन आइतबार पाँच वटा समूहले आफ्नो निष्कर्ष पेश गरेपछि शीर्ष नेताहरुले यसमाथि जवाफ दिनेछन् । 

त्यसपछि स्थायी कमिटी बैठक बसेर यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु तय गर्नेछन् । 

समूहगत छलफलले एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने अहिलेसम्मको निष्कर्षले निकालेको छ । 

यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ । 

एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बने पनि उनीहरुलाई फेरि पार्टीमा निःशर्त भित्र्याउनु पर्ने सुझाव दिइएको छ । तर यो सुझावले भने खासै काम गर्ने पाइएको छैन । 

एमालेको पार्टी इतिहासमा पहिलो पटक भएको विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ