arrow

२४ घण्टामा सात जनाको मृत्यु, संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
corona-variant.jpg

काठमाडौँ । कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २२४ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।

पछिल्लो समय ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको छ। आइतबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार ८०४ जना पुगेको छ । 

यस्तै संक्रमण हाल देशभर ३३७ सघन उपचार कक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेसन, एक हजार २७० संस्थागत आइसोलेसन र २५२ जना क्वारेनटिनमा रहेका छन् ।

 आइतबार२६ हजार ४१९ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ