arrow

ट्रम्पमाथि सामाजिक सञ्जालको प्रतिबन्ध कायमै, ट्विटर खाता खुलाइदिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
donald-trump1.jpg

न्युयोर्क । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सङ्घीय न्यायाधीशलाई आफ्नो ट्विटर खाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन्। ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठुलो हिंसापछि निलम्बन गरेको थियो।

ट्रम्पका वकिलले शुक्रवार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सिइओ ज्याक डोर्सीका विरुद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन् । प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लङ्घन गरेको बताएका छन्। यद्यपि ट्विटरले ट्रम्पको फाइलिंगमा शनिवार टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट काँग्रेसलाई रोक्नका लागि उनका अनुयायीहरूले हिंसात्मक रूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायी रूपमा प्रतिबन्ध लगाएको थियो।

ट्विटरका माध्यमबाट ट्रम्पले थप हिंसा भड्काउने आङ्कलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाएको जनाएको छ । प्रतिबन्ध अघि ट्रम्पको ट्विटरमा करिब ९ करोड ८० लाख फलोअर्स थिए।

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थप हिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको युट्युबबाट समेत निलम्बन गरिएको थियो। फेसबुकको प्रतिबन्ध २०२३ जनबरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ।

जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीन वटा टेक कम्पनीहरू र त्यसका सिइओ विरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ