arrow

प्रियंका पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
priyanka-gandhi-india.jpg

काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशको लखीमपुर खिरीमा आइतबार केन्द्रीय मन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चेर किसानको मृत्यु भएपछि भड्किएको हिंसामा परी ८ जनाको मृत्यु भएपछि उत्तः आन्दोलनमा ऐक्यवद्धता जनाउन जाने क्रममा सोमबार बिहानै उनी पक्राउ परेकी हुन् । 

मृतकका परिवारलाई भेट्न जान लागेकी उनी आइतबार राति दिल्लीबाट लखनउ गई लखीमपुरको लागि जाँदै गर्दा बिहान ५ः३० बजे प्रहरीले पक्राउ गरेको हो । 

प्रियंका रुट बदलेर जान लागेकी थिइन् । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो ।

पक्राउ परेपछि प्रियंका आक्रोशित भएकी छिन् । उनले पुलिसलाई भनेकी छिन्, ‘पक्राउ गर म खुशीले जान्छु । तर जुन किसिमले धक्कामुक्की भएको छ यसमा फिजिकल असल्ट, अटेम्ट तु किडन्याप, अटेम्ट टु मोलेस्ट, अटेम्ट टु हार्मका धारा पनि लाग्छन् । म बुझ्छु । मलाई छोएर हेर । गएर अफिसर, मन्त्रीहरुबाट वारेन्ट ल्याऊ । अर्डर ल्याऊ । मलाई धकेलेर ल्याएका छौ । तिम्रो प्रदेशमा यो चल्दैन । देशको कानून चल्छ । तिमीलाई कुनै हक छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ