arrow

डडेल्धुरा कांग्रेस अधिवेशनप्रति नेता सिंहको आपत्ति: ‘डेमोक्रेटिक पार्टीभित्र यस्तो अनडेमोक्रेटिक शैली ?’

आउँदो चुनावमा मेयरदेखि ३२ वटै वडामा चुनाव जिताउँछु : निलकाजी शाक्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेमोक्रेटिक(प्रजातान्त्रिक) पार्टी नेपाली कांग्रेसमा अनडेमोक्रेटिक(अप्रजातान्त्रिक) गतिविधि हुन थालेको बताएका छन् । उनले पार्टीका केही व्यक्तिहरू पार्टी भित्र भएका अनडेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए ।

उनले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाउन बाँकी रहनु विडम्बना भएको बताए ।

सोमवार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरूलाई बधाई दिँदै उनले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाउन बाँकी रहनु विडम्बना भएको बताएका हुन् ।

उनले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्त्याएर एकलौटी निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली कांग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको दुखेसो गरेका हुन् । उनले अबको महाधिवेशनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आस राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरू पार्टी भित्र भएका अनडेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए ।

नेता सिंहले भने, ‘पार्टीको हाम्रो १४ औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ, सुरु भएर पनि यस पटक महाधिवेशनको प्रक्रिया सुरु भइसक्यो तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुङ्गो लागिसकेको छैन,१३ औं महाधिवेशन जो नेतृत्व सम्हालेर बसिरहनुभएको छ,उहाँहरूले पार्टीको विधानअनुसार बहन गर्न सक्नुपर्ने काम उहाँहरूले गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरूले प्रमाणित गरिरहेको छ, नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले धाँदलीरहीत हुनुपर्नेमा जिल्लामा अहिले क्रियाशील सदस्यतामा जुन तलमाथि गर्ने, विधि प्रक्रिया पूरा नगरीकन गर्ने यस्तो बढी भइरहेको छ, दुःख लाग्ने कुरा केन्द्रीय सभापतिजीको जिल्लामा नै जिल्ला कार्यसमितिले गरेको निर्णयको खिलाफमा, जिल्ला कार्यसमितिलाई समावेश नै नगरी एकलौटी किसिमले निर्णय गर्ने, त्यसैले डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन, डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अनडेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेका छन्, गर्न नहुने काम आफूले गर्ने,कसैले बोल्नै नपाउने भन्ने ? सिनियर लिडरहरूले त अनवरत रूपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’

नेता सिंहले केही नेताहरूले पदमा पुगेकाहरूको गुणगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठिक नभएको गुनासो गरे । उनले १३ औं महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरूलाई १४ औं महाधिवेशनपछि सुधार गर्ने प्रतिबद्धता जनाए ।

आइतबार राती सम्पन्न नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिस्पर्धी प्रगतिमान रञ्जितलाई पराजित गर्दै सभापति बनेका निलकाजी शाक्यले काठमाडौं महानगरमा छरिरहेको कांग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताएका छन् ।  उनले अबको चुनावमा कांग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताए ।

सभापति शाक्यले भने, ‘मेरो उम्मेदवारी घोषणा भइसकेपछि  काठमाडौंमा मात्रै होइन, पूर्वदेखि पश्चिम महाकालीसम्मका जनताले दुःख कष्ट झेलेको यो उमेद्दवारलाई जिताउनुपर्छ भनेअनुसार नै काठमाडौंमा जतिपनि ३२ वडाका वडा सभापति ज्यूहरु सबैले मलाई जुन किसिमले विश्वास गरेर जिताउनुभयो, ती सबै प्रजातन्त्रका योद्धाहरूलाई मेरो भित्र अन्तर आत्माबाट मुरमुरी धन्यवाद दिन चाहन्छु,अब काठमाडौं महानगरलाई कसरी जाने, के गर्ने भन्ने जुन एउटा उद्देश्य छ त्यो उद्देश्य भनेको छरिरहेको काठमाडौंमा छरिरहेको काँग्रेसलाई एकत्रित बनाएर शक्ति निर्माण गर्ने र आउँदो चुनावमा मेयरदेखि ३२ सै वडामा चुनाव जिताउने मेरो लक्ष्य छ ।’ उनले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुसी व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ