arrow

२०२१ को चिकित्सा नोबेल पुरस्कार 'डेभिड जुलियस र अर्डम पाटापोटियन'लाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
nobel prize medicine.jpg

काठमाडौँ । सन् २०२१ को फिजियोलोजी एवं चिकित्सा नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनले जितेका छन् ।

उनीहरूले तापक्रम र स्पर्शको रिसेप्टरको खोजीका क्षेत्रमा सन् २०२१ को चिकित्सा क्षेत्रको नोबेल पुरस्कार जितेका हुन् ।  हाम्रो शरीरले तातोपना र स्पर्शलाई महसुस गर्न कुन रिसेप्टरले काम गर्छ भन्ने कुरामा दुवै वैज्ञानिकले महत्त्वपूर्ण योगदान दिएका हुन् ।

स्विडेनको क्यारोलिनिस्का संस्थानको प्यानलले पुरस्कारको घोषणा गरेको हो । गत वर्ष यस क्षेत्रको नोबेल पुरस्कार तीन वैज्ञानिकहरुले पाएका थिए । 

गत वर्ष कलेजोमा क्षति पुर्‍याउने हेपाटाइटिस सी भाइरसको खोजीमा अमेरिकन हार्वे जे अल्टर र चार्ल्स एम राइस र बेलायती वैज्ञानिक माइकल हौटनले नोबेल पुरस्कार पाएका थिए ।

प्रतिष्ठित पुरस्कार एक स्वर्ण पदक र ११ लाख बढी अमेरिकी डलर नगद राशिसहित उपलब्ध हुन्छ । स्विडेनका आविष्कारक, उद्यमी, वैज्ञानिक र व्यापारी अल्फ्रेड नोबेलले नोबेल पुरस्कारको स्थापना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ