arrow

एकै दिन ५६ चिनियाँ लडाकु जहाज ताइवानको हवाई क्षेत्रमा पसे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
chinese jet militry plane warship in taiwan.jpg

काठमाडौं। एकै दिन उल्लेख्य सङ्ख्यामा चिनियाँ लडाकु जहाज ताइवानी हवाई रक्षा क्षेत्रमा पसेपछि ताइवानले 'गैरजिम्मेवारपूर्ण उत्तेजक कार्य' रोक्न चीनलाई आग्रह गरेको छ।

सोमबार सुरुमा ५२ वटा चिनियाँ लडाकु विमान ताइवानको दक्षिण पश्चिमी आकाशमा उडेका थिए। जसमा ३४ वटा जे-१६ लडाकु जेट विमान र १२ वटा एच-६ बमवर्षक समेत रहेका थिए।

त्यसपछि सोमबार नै थप ४ वटा विमान फेरि ताइवानी आकाशमा उडेका हुन्। एकै दिनमा यसरी ५६ वटा चिनियाँ लडाकु जहाज ताइवानी आकाशमा घुसेपछि ताइवानले सतर्कता अपनाएको बताएको छ।

यसरी चीनले निरन्तर ताइवानी वायु रक्षा क्षेत्रमा घुस्न थालेपछि ताइवानी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । यसका साथै चिनियाँ कदमले क्षेत्रीय शान्ति र स्थिरतामा समेत बाधा पुर्‍याउने उनीहरूको भनाइ छ ।

अक्टोबर १ मा चीनले राष्ट्रिय दिवस मनाएपछि मात्रै ताइवानी आकाशमा १४८ भन्दा बढी लडाकु विमान घुसिसकेको ताइवानले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै एक प्रान्त भन्दै कब्जा गर्न खोजिरहेको छ । तर, ताइवान र ताइवानी नागरिले भने ताइवानलाई छुट्टै राष्ट्रकारुपमा मान्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ