- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानी सत्तालाई मान्यता दिलाउन पाकिस्तान हतारमा रहेको देखिन्छ। अफगानिस्तानमा नयाँ तालिबान शासनलाई मान्यता दिनको लागी आफूलाई रोकिरहेको पाकिस्तानले कुनै न कुनै रूपमा केयरटेकर इस्लामिक इमिरेटलाई मान्यता दिलाउने र अन्तर्राष्ट्रिय स्वीकार्यताका लागि पहल गरिरहेको छ।
पउल एन्टोनोपोलोसले ग्रीकसिटी टाइम्समा एक लेख लेख्दै पाकिस्तानी मन्त्रीले खुलेआम तालिबान शासनको प्रशंसा गरिरहेको र नयाँ शासनलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरिरहेको कुराले पनि पाकिस्तान हतारमा रहेको बुझ्न सकिने बताएका छन्।
तालिबान आफैँले पनि आफ्ना व्यवहारमा सुधार गरेर मात्र मान्यता दिन सर्त राखिरहेको अवस्थामा पाकिस्तानले भने अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेर मान्यता दिलाउन लागिरहेको छ। तालिबानले एक समावेशी सरकारको प्रतिज्ञा गरेको थियो जसमा गैर तालिबान, विशेष गरी जातीय अल्पसङ्ख्यक र महिलाहरूको प्रतिनिधि हुने बताएको थियो।
यो सर्त पूरा नभएसम्म काबुलका लागि अन्तर्राष्ट्रिय उडानहरू नखोल्ने अनौपचारिक सम्झौता भएको थियो। तर पाकिस्तानले सेप्टेम्बर १३ मा पहिलो पीआईए (पाकिस्तान इन्टरनेशनल एयरलाइन्स) को उडान पठाएर र यसको प्रचार गरी यसको उल्लङ्घन गरेको देखिएको ग्रीक सिटी टाइम्सले जनाएको छ।
जबकि पाकिस्तानले आधिकारिक रूपमा पूर्व सर्तमा जोड दिएको र अनौपचारिक तर्क मिडियाको माध्यमबाट बनाइएको बताइएको छ। उदाहरणका लागि डन अखबारले आफ्नो सम्पादकीयमा साउदी अरेबियासँग व्यवहार गर्नमा कुनै आशङ्का नभएको बताइएको छ।
जबकि ओआईसीले अडान लिएको छैन, रियादले एक बयान जारी गरेको छ जुन तालिबानलाई समावेशी बनाउन वा आफ्नो सरकारमा महिलाहरूलाई समावेश गर्न नचाहेको प्रस्ट हुन्छ।
तालिबान सरकारलाई संयुक्त राष्ट्रसङ्घले आफ्नो ७६ औँ महासभामा पनि प्रतिबन्ध लगाएको थियो।