arrow

भारतमा छ महिना यताकै कम संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ असोज १९ मंगलबार
corona-india-keral.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् । संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।     

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । 

दैनिक संक्रमितको सङ्ख्याभन्दा दैनिक संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ संक्रमित हुँदा २९ हजार ६३९ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ । 

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ