arrow

किशिदालाई पुटिन र चिनफिङको बधाई, मिलेर काम गर्न आफू इच्छुक रहेको भनाइ

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज १९ मंगलबार
xi-putin1.jpg

टोकियो । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र  चिनियाँ राष्ट्रपति सी चिनफिङले  बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति पुटिनले बधाई दिँदै आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् । साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् । 

त्यसै गरी चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् । 

उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेको बताइएको छ । उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए। त्यस क्रममा उनले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरे ।  

उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका हुन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने बित्तिकै निर्वाचनको घोषणा गरेका हुन्  । 

निर्वाचन गराउने प्रयोजनकै लागि उनले यही अक्टोबर १४ मा यहाँको संसद्को तल्लो सदन विघटन गर्नेछन्  र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ