arrow

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाए तीन वैज्ञानिकले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
physics.jpg

काठमाडौँ । सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार स्युकुरो मानावे, क्लाउस हेसलम्यान र जर्जियो पारिसीले प्राप्त गरेका छन् ।

ग्लोबल वार्मिङ र जटिल भौतिक प्रणालीको समझका क्षेत्रमा उल्लेख्य योगदान दिएस्वरुप तीनै वैज्ञानिकले संयुक्त रुपमा नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।

मानावे जापानमा जन्मेका, हेसलम्यान जर्मनी र पारिसी इटलीका वैज्ञानिक हुन्।

पुरस्कारको आधा हिस्सा पारिसीलाई प्रदान गरिएको छ भने, अर्को आधा हिस्सा  विश्वव्यापी तापक्रम वृद्धिको भविष्यवाणीका लागि मानावे र हेसलम्यानलाई दिइएको हो ।

पारिसीलाई परमाणुदेखि ग्रहसम्मका भौतिक प्रणालीमा हुने अव्यवस्था र उतारचढावको जटिल परस्पर क्रियाको खोजका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ