arrow

दसैँअघि रुपन्देहीका ६५ हजार नागरिकलाई खोप 

logo
नारायण वली,
प्रकाशित २०७८ असोज २० बुधबार
corona-vaccine-covid.jpg

बुटवल । दसैँअघि रुपन्देहीमा १८ वर्ष माथिका ६५ हजार नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्रअनुसार जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले असोज २२ र २३ गते भित्रै सबै पालिकामा एकैसाथ खोप लगाउने निर्णय गरेको थियो।

सो अनुसार रुपन्देहीका लागि १३ हजार ८० थान कोरोना खोप व्यवस्था गरिएको र १६ वटै स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जनाएका छन् । 

१६ स्थानीय तहका ९९ स्थानमा खोप केन्द्र तोकिएको बताइएको छ। दसैँ अगाडि ६५ हजार जनालाई भेरोसेल खोप लगाउने लक्ष्य रहेको डा. गिरीले बताए । 

त्यसका लागि ६५ हजार ४ सय थान सिरिन्ज र खोप कार्ड आइसकेको पनि जनाए । जिल्लामा १६ वर्ष माथिका ६८ हजार ८ सय जनालाई खोप लगाउनु पर्ने भए पनि तर बाँकी रहेकालाई दसैँपछि लगाइने जनाइएको छ ।



नयाँ