- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सन् २०२१ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले प्राप्त गरेका छन् ।
औषधि बनाउन मद्दत गर्ने 'अणु बनाउने नयाँ तरिकाको विकास' गर्नमा योगदान दिएकोमा दुवै वैज्ञानिकलाई संयुक्त रूपमा रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
चिकित्सा शास्त्र र भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिसकेको नोबेल पुरस्कार कमिटीले बुधबार रसायन शास्त्रको नोबेल पुरस्कार जर्मनी र बेलायती वैज्ञानिकलाई प्रदान गरेको हो ।