- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले बुधबार साँझ मन्त्रीको नाम तय गरेको हो । सत्ता गठवन्धनमा भएको सहमती अनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।
माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बनिसकेका छन् ।
माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने सत्ता गठवन्धनमा सहमति भएको छ ।