arrow

गाई बचाउन खोज्दा टुरिष्ट बस र ट्रक ठोक्किए, नौको मृत्यु २७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
accident-bus-truck.JPG

काठमाडौं । सडकमा गाईलाई बचाउन खोज्दा टुरिष्ट बस र ट्रक आपसमा ठोक्किएका छन् । उक्त घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

घटना हो भारतको उत्तर प्रदेशको बाराबंकीको । बिहीबार बिहान ४ दिल्लीबाट बहराइच जाँदै गरेको बस ट्रकसँग ठोक्किएको हो । बसमा ६०–७० जना यात्रु रहेका थिए । 

प्रहरीका अनुसार तीव्र गतिको बस सडकमा अचानक गाई देखिएपछि बचाउन खोज्दा ट्रकसँग ठोक्किन पुगेको हो । यात्रारत एक महिलाका अनुसार बसका चालकले मापसे गरेका कारण दुर्घटना भएको बताएकी छिन् । 

एसपी यमुना प्रसादका अनुसार ट्रकको गति यति बढी थियो कि दुवैका भाग अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगले बस र ट्रक अलग अलग गरिएको थियो । 

बस र ट्रक कच्याककुचुक भएकाले ग्यास कटरले गाडीको भाग काटेर यात्रुलाई बाहिर निकालिएको थियो । 

घटनापछि मुख्यमन्त्री आदित्यनाथले दुःख व्यक्त गरेका छन् । जिल्लाअधिकारी डा. आदर्श सिंहले अस्पताल पुगेर घाइतेहरुको अवस्था बुझेका छन् ।

उनले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई जनही ५० हजार भारु दिने घोषणा गरेका छन् । अहिलेसम्म मृतकको पहिचान हुन नसकेको स्थानीय अधिकारीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ