arrow

वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत भेटिए, आत्महत्याको आशङ्का

logo
रासस,
प्रकाशित २०७८ असोज २१ बिहिबार
NAC.jpeg

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हाम फालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। 

घटनाको थप अनुसन्धान जारी छ। उनको शव बिहान ७ बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार घरको चौथो तलामा उनको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ