arrow

साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नाहलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
nobel literature.jpg

काठमाडौँ । सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नाहले पाएका छन् । 

सन् १९४८ मा तान्जानियामा जन्मेका गुर्नाह सानोमै ईङल्याण्ड सरेका थिए । अहिलेसम्म १० वटा उपन्यास लेखिसकेका गुर्नाहका उपन्यास खास गरी शरणार्थीको जीवनमाथि आधारित छन् ।

२० औँ शताब्दीको सुरुमा तान्जानियामा हुर्किएको केटाको कथा बारे बोल्ने उनको सन् १९९४ को प्याराडाइज उपन्यास निकै सफल रहेको थियो ।

बिहीबार स्विडेनको नोबेल पुरस्कार कमिटीले उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ