arrow

भारतमा नयाँ संक्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
sabarimal-tempal-kerela.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ संक्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । 

पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ संक्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ । 

मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । 

उनका अनुसार भारतमा पछिल्लो एक दिनमा कोरोनभाइरसबाट संक्रमित भएर ३१८ जनाको मृत्यु भएको छ ।  

तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना संक्रमित भएका छन् भने १३४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

पछिल्लो एक दिनमा २४ हजार ६०२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ