arrow

हुण्डी कारोबारको मुद्दामा पाकिस्तानमा विपक्षी दलका नेता नै संलग्न

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २१ बिहिबार
shehbez-sharif-pakistan.jpg

इस्लामावाद। हुण्डी कारोबारको मुद्दा लागेका पाकिस्तानी विपक्षी दलका नेता शेहबाज शरीफका श्रीमती र छोरीलाई पक्राउ गर्न पाकिस्तानी अदालतले आदेश दिएको छ। लाहोरस्थित जबाफदेही अदालतले मङ्गलवार जमानत नपाइने गरी शेहबाजका श्रीमती नुसरत शेहबाज र राबिया इमरानलाई पक्राउ गर्न आदेश दिएको हो। 

उनीहरू दुवै जनाले मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित हुन अस्वीकार गरेपछि अदालतले पक्राउ गर्न आदेश जारी गरेको हो । यद्ययी शेहबाजको अर्को छोरी जाभेरिया अलीले सुनुवाइका लागि उपस्थित हुन नपर्ने छुट दिन राखेको माग भने अदालतले स्वीकार गरेको छ। 

उक्त घटनाको निन्दा गर्दै पीएमएलका प्रवक्ता मरियम अउरंगजेबले राजनीतिक बदला लिनका लागि सरकारले सबै हद पार गरिसकेको बताएकी छन्। उनले फाँसीवादी र अधिनायकवादी रणनीतिहरू प्रयोग गरेर सरकारले राजनीतिक बदला लिन खोजिरहेको बताएकी छन्। उनले इमरान खानको निधारमा यो कलङ्कको टिका सधैँ रहिरहने बताएकी छन्। 

त्यसै गरी अदालतले विपक्षी नेता शेहबाजलाई भने १४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको छ। उनलाई सोमबार पक्राउ गरिएको थियो। लाहोर उच्च अदालतले उनको जमानतका लागि गरेको अपिल खारेज गरिदिएको छ। 

गत नोभेम्बर ११ मा, उत्तरदायित्व अदालतले पीएमएलएन अध्यक्ष शेहबाज शरीफ र उनको परिवारका सदस्यहरूलाई मनी लाउन्ड्रिंग मुद्दामा दोषी ठहर गरेको थियो। जेल प्रशासनले शेहबाज र उनका छोरालाई अदालतमा पेस गरेपछि सुनुवाइ पुनः सुरु हुने बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ