arrow

विमानस्थलको ब्यागेज टर्मिनल निर्माणमा भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न एनएबीलाई निर्देशन

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २१ बिहिबार
Pakistan-Flag.jpeg
फाइल तस्बिर

इस्लामावाद। सिनेटको सार्वजनिक लेखा समिति (पीएसी) ले बुधवार राष्ट्रिय जबाफदेही ब्युरो (एनएबी) लाई इस्लामवादको नयाँ विमानस्थलमा रहेको ब्यागेज टर्मिनलको निर्माणमा आर्थिक हिनामिना भएको भन्दै छानबिन गर्न निर्देशन दिएको छ।

उड्डयन क्षेत्र सम्बन्धी लेखा परीक्षण प्रतिवेदनहरूको समीक्षा गरिसकेपछि पीएसीले एनएबीलाई तीन महिना भित्र अनुसन्धान पूरा गर्न निर्देशन दिएको हो। पीएसीका अध्यक्ष खुर्शीद शाहको नेतृत्वमा बसेको बैठकमा नयाँ इस्लामवाद विमानस्थलमा ब्यागेज टर्मिनल निर्माणमा आर्थिक हिनामिना भएको जानकारी गराएका थिए। 

राष्ट्रिय सभामा विपक्षी दलका नेता शाहले टर्मिनलको लागत परियोजनाको योजना आयोगको फारम पीसी १ मा करिब ६.५ अर्ब रुपैयाँ उल्लेख गरिएको थियो तर यसको वास्तविक लागत भने ३.९ अर्ब  भएको उल्लेख छ। 

लेखा परीक्षण अधिकारीहरूले समितिलाई नागरिक उड्डयन प्राधिकरण (सीएए) ले ईन्जिनियरिंग काउन्सिलबाट इजाजत पत्र प्राप्त नगरीकन परियोजनाको लागि टेन्डर जारी गरेको बताएका छन्। सीएएले टेन्डर जारी गरेपछि लाइसेन्सको लागी आवेदन दिएको र परिणामस्वरूप परियोजनामा तीन वर्ष ढिलाइ भएको पनि लेखापरिक्षणमा उल्लेख छ । 

परियोजनामा भएको ​​ढिलाइले यसको लागतलाई प्रभावित पारेको र इन्जिनियरिङ काउन्सिललाई दोषी ठहराउनु पर्ने भएकाले कुनै पनि संस्थाले पहिले इजाजत पत्र नलिई टेन्डर जारी नगर्ने घोषणा गरेको थियो।

शाहले भने कि यो लेखा परीक्षण रिपोर्टबाट स्पष्ट छ कि परियोजना मा १.५ अर्ब रुपैयाँ हिनामिना भएको छ। उनले टेन्डर बुझाएका तीन वटा कम्पनीहरूमध्ये दुईलाई केही अन्य ठेक्कामा फसाएर प्रतिस्पर्धाबाट हटाइएको आरोप लगाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ