arrow

तालिवानद्वारा आईएसमाथि हमला

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २१ बिहिबार
taleban.jpg

काबुल। तालिबानले मस्जिदमाथि भएको हमलाको प्रतिशोध लिँदै इस्लामिक स्टेटको ठेगानाहरूमा हमला गरेको छ। आइतबार ईदगाह मस्जिदमा भएको हमलामा पाँच नागरिकको मृत्यु भएको थियो।

तालिबानको कब्जा भएदेखि इस्लामिक स्टेट समूहको हमला तीव्र भएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुहाजिदको आमाको यादमा आइतबार मस्जिदमा प्रार्थना सभाको आयोजन गरिएको थियो । त्यही अवधिमा मस्जिदमा हमला भयो, जसमा पाँच जना मारिएका थिए। 

मस्जिदमाथि यो हमला इस्लामिक स्टेटको तर्फबाट गराइएको बुझिएको छ। यसअघि २६ अगस्टमा काबुल हवाई अड्डामा भयावह धमाकाको जिम्मा पनि इस्लामिक स्टेट समूहले लिएको थियो।

त्यस हमलामा १६९ भन्दा धेरै अफगानी नागरिक मारिएका थिए भने १३ अमेरिकी सैनिक पनि मारिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ