arrow

भारतीय विदेशसचिवको भ्रमणको प्रभाव : श्रीलङ्काद्वारा विस्थापित तामिललाई देश फर्काउन खुला निमन्त्रणा

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २१ बिहिबार
harsh-vardhan-shringla-foreign-secretary-_India.jpg
फाइल तस्बिर

काठमाडौँ। श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपाक्षेले श्रीलङ्का भारतको सुरक्षाको निम्ति खतरा नबन्ने बताएका छन्। उनले भने, 'हाम्रो देशले यस्तो कुनै पनि गतिविधिको निम्ति आफ्नो माटोको उपयोग हुन दिनेछैन जुन भारतको सुरक्षाको निम्ति खतरा होस्'।

उनले भारतका विदेश सचिव हर्षवर्धक श्रृंगलाको साथ भएको भेटमा यो आश्वासन दिएका हुन्। हर्षवर्धक श्रृंगला र राजपाक्षेको बैठकमा श्रीलङ्काको सेनाको निम्ति भारतमा प्रशिक्षणका अवसरहरूलाई बढाउने विषयमाथि पनि छलफल भएको थियो।

श्रीलङ्काका राष्ट्रपतिले हिन्द महासागरलाई शान्ति क्षेत्र घोषित गर्ने पूर्व प्रधानमन्त्री सिरिमावो भण्डारनायकेको १९७१ को प्रस्तावलाई पुनः पेस गर्ने आवश्यकतालाई दोहोर्‍याउनै यस प्रयासको निम्ति भारतको समर्थनको लागि आग्रह गरे।

उनले श्रृंगलालाई भने, 'हामी तमिल समुदायका विस्थापितलाई पुनः देशमा ल्याउने प्रयास गरिरहेका छौँ, जो देश छोडेर गएका थिए'। उनले हालैमा यूनाइटेड नेशन्स समिटमा पनि तमिल समुदायका मानिसहरूलाई स्वदेश फर्कन खुल्ला निमन्त्रण दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ