arrow

माओवादीबाट शिक्षामन्त्री बन्दै देवेन्द्र : कसलाई कुन मन्त्रालय ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
maoist-cpn.jpg

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने नेताहरुको मन्त्रालय टुंगाएको छ। माओवादी उच्च स्रोतका अनुसार नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री बन्दै छन्।

यसैगरी शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बन्ने पक्का भएको छ।

यस्तै बोधमाया यादव राज्यमन्त्री बन्दै छिन्। माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन।

सत्ता गठवन्धनका बीचमा भएको सहमती अनुसार माओवादाी केन्द्रले पाँच मन्त्रालय पाएको छ। हाल अर्थ र उर्जा मन्त्री माओवादी केन्द्रकै भागमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ