- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् २०२१ को नाबेल शान्ति पुरस्कार दुई पत्रकारले पाएका छन् । फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभले यस बर्षको नोबेल शान्ति पुरस्कार जितेका हुन् ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको साहसपूर्ण कामका लागि दुवै पत्रकारले संयुक्तरुपमा नाबेल पुरस्कार पाएका हुन् ।
स्विडेनको नाबेल पुरस्कार कमिटिले शुक्रबार उनीहरुलाई नाबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।