arrow

मलेसियामा बेरोजगारी दर घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
malaysia-15.jpg

क्वालालाम्पुर। मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो । 

“कोरोनाभाइरसको महामारीका कारण न्यून हुँदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने ।मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुँदै गएको र आर्थिक गतिविधि बढी हुँदै गएको हो । 

 

“महामारी न्यूनीकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाई छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ