arrow

दश बूँदे सहमतिलाई निर्जीव ढङ्गले नबुझ्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
ishwor-pokharel.jpg
फाइल तस्विर।

ललितपुर। नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बूँदे सहमतिलाई निर्जीव ढङ्गले नबुझ्न आग्रह गरेका छन् ।महासचिव पोखरेलले दश बूँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे । 

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरूलाई समेटेर लैजादा मात्रै १० बूँदे सहमतिको जीवन्त कार्यान्वयन हुने दाबी समेत गरे । 

उनले भने, ‘दश बूँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढङ्गले लागू गर्ने । रचनात्मक ढङ्गले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अव के गर्ने हो भने हिजो जो–जो साथीहरूले के गर्नु भो भन्ने बारे समीक्षा गरौँला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरूलाई पार्टीमा समेट्दै लैजाने हो । दश बूँदेलाई निर्जीव ढङ्गले निमोठेर बुझ्नू हुँदैन । सृजनात्मक ढङ्गले बुझ्नु पर्‍यो ।’

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पुर्‍याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे । 

उनले भने, ‘दल विभाजन अध्यादेशको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होइन, उहाँहरूलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नु भयो । जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसाबले पनि औचित्यपूर्ण हुन सक्दैन ।’

सचिव विष्टले आफूहरूले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटक पटक दोहोर्‍याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ