arrow

एक महिलाले गरिन दुई नाबालक छोराको हत्या, हत्यापछि आफूले पनि गरिन आत्महत्या

logo
निरंजन कुमार साह
प्रकाशित २०७८ असोज २३ शनिबार
hatya-murder.jpg

जनकपुरधाम । धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन। धनुषाको नगराईन नगरपालिका वडा नम्बर ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार राति दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी छन् ।

गुडियाका श्रीमान केही कामका सिलसिलामा जनकपुर गएको बेला गुडियाले राती आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

प्रहरीका अनुसार नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको  हो। श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो। प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जानकारी दिए। धनुषा प्रहरीका अनुसार अनुसंधान भइरहेको र तिनटै शवको पोस्टमार्टम गर्नको लागी प्रादेशिक अस्पताल जनकपुरधाम राखिएका हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ