arrow

अमेरिकासँग राम्रो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वासिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २३ शनिबार
us-pak.jpg

इस्लामावाद। पाकिस्तानी विदेश मन्त्रालयले वासिङ्टनस्थित आफ्नो राजदूतलाई चेतावनी पत्र पटाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले वासिङ्टनस्थित राजदूत डा. असद मजेद खानलाई एक पत्र पठाउँदै आवश्यक कूटनीतिक रणनीतिहरूमार्फत अमेरिकासँग सम्बन्ध सुधार गर्न चेतावनी दिइएको हो। 

पत्रमा पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबिच कूटनीतिक सञ्चारका लागि आवश्यक वातावरण मिलाउन दूतावास असफल भएको बताइएको छ। 

अफगानिस्तानको युद्धग्रस्त अवस्थालाई सुधार गर्न पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि अमेरिकाले पाकिस्तानी नेतृत्वप्रति हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको पनि बताइएको छ। यसका लागि दूतावासको कमजोरी नै जिम्मेवार भएको ठहर गरिएको छ। 

यस्ता घटनाले वासिङ्टनमा पाकिस्तानी कूटनीति कमजोर रहेको र त्यसको परिणाम ह्वाइ हाउसको पाकिस्तानप्रतिको दृष्टिकोण पनि अपरिपक्व भएको बताइएको छ। 

विदेश मन्त्रालयले पाकिस्तानका सम्पूर्ण कूटनीतिक मञ्चहरूको प्रयोग गरेर वासिङ्टनसँगको सम्बन्ध सुधारका लागि पहल गर्ने निर्देशन दिएको हो। 

अमेरिकाले अफगानिस्तानमा तालिबानलाई पाकिस्तानले सहयोग गरेको आरोप लगाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ