- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रियाद। साउदी सहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्। यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।
साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रवार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरू रहेको बताइएको छ।
गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिसियाको हात रहेको छ।
यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ।
शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।