arrow

ताइवानकी राष्ट्रपतिले भनिन्- चीनको सामु झुक्ने छैनौ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
taiwan.jpg

काठमाडौं। ताइवानकी राष्ट्रपति साइ इङ् वेनले आफ्ना नागरिक चीनको दबाबमा नझुक्ने र लोकतन्त्रको रक्षा गर्न द्वीपको सुरक्षालाई बलियो बनाउने प्रतिज्ञा गरेकी छन्।

यसअघि शनिवार चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शान्तिपूर्ण तरिकाले ताइवानलाई चीनमा गाभ्ने बताएका थिए।

यसको प्रतिक्रिया दिँदै आइतबार ताइवानको राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति वेनले चीन सामु नझुक्ने बताएकी हुन् । उनले 'हतारमा  निर्णय नलिने तर, ताइवानी नागरिक कुनै पनि हालतमा चीनको दबाबमा नझुक्ने' बताएकी हुन् ।

उनले आफ्नो राष्ट्रिय सुरक्षालाई सुदृढ गर्दै लैजाने र चीनले चाहेको बाटोमा नजाने समेत स्पष्ट पारेकी छन् । उनले भनेकी छन्, 'यसको कारण यो हो कि चीनले राखेको बाटो ताइवानको लागी न त स्वतन्त्र र लोकतान्त्रिक जीवन पद्धति प्रदान गर्दछ, न हाम्रा २३ करोड जनतालाई सार्वभौमिकता प्रदान गर्छ ।'

सी चिनफिङ सरकारले ताइवानलाई कब्जा गर्न निरन्तर आक्रमण बढाउँदै लगेको छ । पछिल्लो समय ताइवानी वायु रक्षा क्षेत्र र जल क्षेत्रमा चिनियाँ लडाकु जहाजहरू घुस्दै गएका छन् । 

चीनले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्तकारूपमा मान्दै आएको छ । तर, ताइवान र ताइवानी नागरिकले भने ताइवान स्वतन्त्र मुलुकका रूपमा  मान्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ