arrow

परमाणु हतियार बनाउने पाकिस्तानी वैज्ञानिक अब्दुल कादिर खानको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
abdul qadeer khana.jpg

काठमाडौँ । पाकिस्तानको पहिलो परमाणु हतियार बनाउन नेतृत्व गरेका वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ ।

कोभिड१९को सङ्क्रमणका कारण अस्पताल भर्ना भएका ८५ वर्षीय वैज्ञानिक कादिर खानको आइतबार निधन भएको हो ।

इस्लाम मुलुकमै पहिलो परमाणु हतियार पाकिस्तानले बनाएको थियो । यी नै वैज्ञानिक कादिर खानको नेतृत्वमा सन् १९९८मा पाकिस्तानले परमाणु हतियारको सफल परीक्षण गरेको थियो ।

अगस्तमा कोभिड१९का कारण उनी अस्पताल भर्ना भएका थिए । त्यसपछि घर फर्केका उनी फेरि स्वास्थ्य अवस्था बिग्रेर अस्पताल भनाए भएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत उनको निधनप्रति दुःखद व्यक्त गरेका छन् । सन् २००६ मा वैज्ञानिक कादिर खानको प्रोस्टेट क्यान्सरको उपचारका लागि शल्यक्रिया गरिएको थियो । 

कादिर खानलाई परमाणु बम बनाउने प्रविधि उत्तर कोरिया, लिबिया र इरानलगायतका देशलाई बेचेको भन्ने आरोप समेत लागेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ