arrow

प्यान्डोरा पेपर्सद्वारा भ्रष्ट नेताहरूको पर्दाफास, ७०० पाकिस्तानीको नाम सूचीमा

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २४ आइतबार
Pakistan-Flag.jpeg
फाइल तस्बिर

इस्लामावाद। अन्तर्राष्ट्रिय खोज पत्रकारिता सङ्घले प्यान्डोरा बक्स खोलेको। जसमा मुलुकमा कर छली गर्दै विदेशमा निजी सम्पत्ति आर्जन गर्नेहरूको नाम खुलाइएको छ। यसलाई वित्तीय दस्ताबेजसँग जोडिएको इतिहासकै सबैभन्दा ठुलो लिक भनिएको छ। यसमा विश्वका नेताहरू र अर्ब पतिहरूको सम्पत्तिको खुलासा गरिएको छ। 

यसमा पाकिस्तानी क्याबिनेटका दुई जना मन्त्रीसहित ७०० पाकिस्तानीहरूको नाम सूचीमा राखिएको छ। उक्त पेपर्सले पाकिस्तानी सेनाका अधिकारीहरूले पनि विदेशमा ठुलो लगानी गरेर सम्पत्ति आर्जन गरेको जनाएको छ। 

प्यान्डोरा पेपर्स नाम दिइएको यस खुलासामा विश्वका ३५ वर्तमान सरकार प्रमुख र पूर्व प्रमुखहरूको नाम छ भने ३ हजार भन्दा बढी सरकारी अधिकारीहरूको नाम उल्लेख गरिएको छ। उनीहरूले मुलुक बाहिरका कम्पनीमा लगानी गरेर सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। 

कर छली गरेर मुलुकबाहिर रकम लगानी गर्न र अकूत सम्पत्ति आर्जन गर्नुलाई अपराधको रूपमा मानिन्छ। उक्त खुलासा अन्तर्गत जोर्डनका राजा अब्दुल्लाह दोस्रो बिन अल हुसेयनले बेलायत र अमेरिकामा गोप्य रूपमा सात करोड पाउन्डको सम्पत्ति खरिद गरेको पाइएको हो। 

त्यसै गरी बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी पत्नीले लन्डनमा आफ्नो कार्यालय खरिद गर्ने क्रममा तीन लाख १२ हजार पाउन्ड बचाएको उल्लेख गरिएको छ। ब्लेयर दम्पतीले विदेशमा एक कम्पनी खरिद गरेको र विदेशमा भएको सम्पत्तिको स्वामित्व उक्त कम्पनीअन्तर्गत राखिएको पाइएको हो। 

रुसी राष्ट्रपति भ्लाद्‌मीर पुटिनको नाम पनि प्यान्डोरा पेपर्समा खुलासा गरिएको छ। मोनाकोमा रहेको सम्पत्तिमा पुटिनको स्वामित्व रहेको उक्त पेपर्समा उल्लेख छ। चेक गणराज्यमा आगामी साता चुनाव हुँदै छ। चेक गणतन्त्रतका प्रधानमन्त्री आन्द्रे बबीसले दुई विदेशी कम्पनीमार्फत दक्षिण फ्रान्समा दुई वटा भिल्ला खरिद गरेको खुलासा गरिएको छ। 

पछिल्लो सात वर्षमा खुलासा भएका फिन्सेन फाइल्स, प्याराडाइज् पेपर्स, पानामा पेपर्स, लक्सलिक्सपछि आएको प्यान्डोरा पेपर्सलाई अहिलेसम्मकै ठुलो खुलासा भएको बताइएको छ। यसमा एक करोड २० लाख फाइलहरूको खुलासा गरिएको बताइएको छ। जसमा २९ हजार विदेशमा रहेका कम्पनी र ट्रस्टहरूको स्वामित्वको विवरण सार्वजनिक गरिएको छ। 

अजरबजाइनका राष्ट्रपति इल्हाम इलीवेय र उनको परिवारले पनि मुलुकको सम्पत्ति विदेशमा व्यक्तिगत नाममा लगानी गरेको उल्लेख गरिएको छ। उनी र उनको परिवारको बेलायतमा करिब ४० करोडको सम्पत्ति रहेको खुलेको हो। 

उक्त पेपर्समा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका दुई जना मन्त्रीहरूको नाम उल्लेख छ। जसमा वित्त मन्त्री सौकत तारिन र जल संसाधन मन्त्रीको नाम उल्लेख गरिएको छ। 

त्यसैसरि युक्रेनका राष्ट्रपति ब्लोडिमिर जेलेन्सकीको पनि नाम उल्लेख गरिएको छ। उनले सन् २०१९ मा चुनाव जित्नुभन्दा ठिक अघि विदेशमा रहेका कम्पनीको स्वामित्व हस्तान्तरण गरेका थिए। इक्‍वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पनि राष्ट्रपति हुनुअघि अमेरिकामा रहेको कम्पनीलाई पानामामा ट्रान्सफर गरेको पाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ