arrow

तेहरिक आई तालिबान पाकिस्तानसँगको वार्ता पुन : सुरु गरेपछि प्रधानमन्त्री इमरान खानको चर्को आलोचना

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २४ आइतबार
imran-khan-PM.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तेहरिक आई तालिबान पाकिस्तानसँग पुनः वार्ता सुरु गरेपछि चर्को आलोचना भइरहेको छ। सरकारले नै प्रतिबन्ध लगाएको उक्त समूहसँग फेरि वार्ता गर्न लागेको भन्दै आलोचना सुरु भएको हो। यसअघि उक्त समूहमाथि सरकारले नै आतङ्कवादी गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो। पाकिस्तानी प्रधानमन्त्री खानले उक्त समूहले हतियार बिसाउनका लागि पहल गर्न वार्ता सुरु गरेको बताएका छन्। 

गत शुक्रवार पाकिस्तानी प्रधानमन्त्री खानले सरकारले टीटीपीका नेताहरूलाई माफी दिने र उनीहरूले सर्वसाधारण सरह जीवनयापन गर्नुपर्ने र आतङ्कवादी गतिविधिहरू रोक्नुपर्ने बताएका थिए। त्यसमा उनले उक्त समूहले हतियार बिसाउने पर्ने सर्त राखेका थिए। 

प्रधानमन्त्री खानको उक्त अभिव्यक्तिको आलोचना गर्दै पाकिस्तान पिपुल्स पार्टीका नेताहरूले भने सरकारले नै आतङ्कवादीहरूलाई माफी दिने कुरा गरेर पीडित सेनाका परिवारको घाउमा नुनचुक छर्कने काम गरेको बताएका हुन्। 

यस्तो संवेदनशील कुरामा पाकिस्तानी संसद्ले किन गम्भीरताका साथ लिन सकेको छैन भन्दै प्रश्न गरिएको छ। वकालत तथा अनुसन्धान समूहका निर्देशक उसामा खिल्जीले पाकिस्तानी मिलिसियाहरूले युद्ध विराम गर्ने भनिए पनि उनीहरूले गरेको अपराधलाई भने माफ गर्न नहुने बताएका छन्। 

पाकिस्तानी नागरिकको ज्यान लिने गरी भएको उक्त घटनाका दोषीहरूलाई राज्यले कारबाही गर्नुपर्ने उनले बताएका हुन्। आतङ्कवादी समूहको आक्रमणमा परी पाकिस्तानमा करिब ८० हजार प्रहरी, सर्वसाधारण, सेना र बालबालिकाको मृत्यु भएको छ। पाकिस्तानी प्रधानमन्त्रीले माफी दिएर ती ८० हजारको परिवारलाई थप पीडा पुर्‍याउने काम गर्न नहुने आवाज उठेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ